बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सितगगां१०हर्रे मा ऐतिहासिक सराए नाच सङगै सांस्कृतिक कार्यक्रम सम्पन्न

सुबास बेल्बासे ,असौज २३ सितगगां – कला र संस्कृतिको जग्रेना गर्ने उदेश्यले र पुरानो मान्यता लाई बचाउने उदेश्यले दशैको अवसरमा नब दुर्गा फुलपाती बिसर्जन गर्दै सराए नाच सम्पन्न भएको छ।

बाजा दमाहा झ्याली लगाएतका सामाग्रीहरु बजाएर तरबार नचाएर सराए नाच पुरानै शैलिमा सम्पन्न भएको थियो र बिधिबत रुपमा फुलपाती बिसर्जन समेत भएको थियो।

बिहान १० बजे बाट निकालिएको सराए नाच दिनभर नाचेर साझ ६ बजे फुलपाती बिसर्जन गरिएको थियो। फुलपाती बिसर्जन गरिए लगत्तै त्यही ठाउमा रहेको संकृती बचाउ समूह हरेले विभिन्न सांस्कृतिक कार्यक्रम समेत सम्पन गरेको छ। उक्त कार्यक्रम मा प्रमुख अतिथी सितगङा नगरपालिकाका नगर प्रमुख सुर्य अधिकारिको रहेको थियो। त्यस्तै अतिथिमा उप प्रमुख टीका रेस्मी  गाएतका राजनिती दलका ब्याक्तित्व हरुको आथित्यता रहेको थियो। कार्यक्रमको अध्यक्ष ता सन्तोस पोखरेलको रहेको थियो। उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारिले कला र संस्कृतिको जग्रेना गर्न युवा शक्ति लागेकोमा खुसी व्यक्त समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अधिकारिले नगरको तर्फबाट समुहको लागि नगदरासी रु २५००० समेत सहयोग गर्ने बद्दता जाहेर गर्नु भएको थियो।
कार्यक्रममा मनोरन्जन दिनको लागि सुशील आचार्य , छमछमी कला केन्द्र चन्दौटाको टिमले मनोरन्जन समेत दिएको थियो। र स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती समेत रहेको थियो। कार्यक्रम राम्रो सफल रहोस भनेर विभिन्न ठाउका मानिस हरु अबलोकन गर्न आउनुभएको थियो।

उक्त कार्यक्रमबाट प्रभाबित भै धेरैले सक्दो नगदरासिले समेत समुहलाइ सहयोग गर्नु भएको थियो। कार्यक्रम मा नैतिक भौतिक र आर्थिक रुपले सहयोग गर्दै आउनुभएका विभिन्न ब्याक्तिहरुलाइ सम्मान कार्यक्रम समेत रहेको थियो।

कार्यक्रममा धेरै जसो दर्शनार्थी स्थानिय भन्दा पनि सोही ठाउबाट बसाइसराइ गरि अन्यत्र गएका मानिसहरु को निकै बाक्लो उपस्थिति रहेको पाइएको थियो। कार्यक्रममा युवा ब्याक्ती विभिन्न सामाजिक कार्यमा अग्रसर फुर्तिला ब्याक्ती सुमन पौडेल र दुर्गा बेल्बासेको संचालन र सन्तोस पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो