शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ ठाडाखोलामा वडा स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

गणेश बेल्बासे संगम, सिद्धारा ।

नेपालीहरुको पर्व शुभ-दिपावलीको अवसरमा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । प्रगतिशिल युवा क्लबको आयोजन तथा शितगंगा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा वडाको खेलमैदानमा उक्त कार्यक्रम भएको हो ।

“सम्पूर्ण युवा एक होऔं, खेलकुदको विकास गरौँ ” भन्ने मुल नारा सहित क्लबले शुभ दिपावली पर्वको अवसर पारि कार्यक्रमको आयोजना गरेको थियो । भलिबल प्रतियोगिता सहित रसी तान खेल तथा नृत्य प्रतियोगिता गरिएको थियो ।

प्रथम, द्वितीय र तृतीय स्थान जमाउन सफल टिमहरुलाइ कप, मेडल, ट्रफी र नगद रासि पुरुस्कार प्रदान गर्दै वडा अध्यक्ष भिम केसीले ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकास गर्नु स्थानीय सरकारको दायित्व रहेकोले दायित्व पूरा गर्न भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो । प्रतियोगिताले खेलाडीहरु लाई थप हौसला मिल्नुको साथै भलिबल खेलप्रति आकर्षण गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । वडामा भएका खेलाडीको क्षमता प्रदर्शन भएको र खेलाडीको मनोबल बढाएको उहाँको भनाई छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । विजयी टिमलाई बधाई दिदै अध्यक्ष केसीले सहभागी सबै टिमलाई वडाको तर्फबाट धन्यवाद प्रकट गर्नुभएको थियो । सभ्य भव्य रुपमा प्रतियोगिता सफल बनाएकोमा आयोजक टिमलाई आभार प्रकट गर्नु भयो ।

भलिबल तर्फको प्रतियोगितामा सेभेन स्टार तल्लो सिद्धारा प्रथम, प्रगतिशिल युवा क्लब ‘ए’ ठाडाखोला दोस्रो र प्रगतिशिल युवा क्लब ‘सी’ तेस्रो स्थान कायम गरेका छ्न । त्यस्तै रसी तान खेलमा आयोजक प्रगतिशिल युवा क्लब ठाडाखोला उत्कृष्ट भएको छ ।

त्यस्तै नृत्य तर्फ कालधारे समूह प्रथम, नयाँबस्ती समूह दोस्रो र आयोजक टिम तेस्रो भएको छ । संस्कृति झल्काउने खालका विभिन्न नृत्य प्रदर्शन गरिएको थियो । आफ्नाे भेषभुषा, संस्कार र संस्कृतिको जगेर्नाका साथै खेल मार्फत युवाहरुको स्तरोन्नति एवं प्रोत्साहनको निम्ति कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ । कार्यक्रम हिजोदेखि आजसम्म २ दिन चलेको थियो । कार्यक्रम वडास्तरीय खेल मैदान ठाडाखोलामा संचालन भएको थियो । भलिबल प्रतियोगितामा १३ समूहले भाग लिएका थिए ।

भलिबल प्रतियोगिता तर्फ प्रथम, द्वित्तीय, तृतिय हुने समुहले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै अन्य विधाका प्रतियोगितामा विजेता हुनेलाई पनि नगद र प्रमाण पत्रद्वारा सम्मानसहित पुरस्कृत गरिएको छ । कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्‍याउने व्यक्तिहरू लाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष दिपक बोहराको अध्यक्षता रहेको कार्यक्रमको संचालन जनता आधारभूत विद्यालयका प्रअ पुर्ण बहादुर केसीले गर्नु भएको थियो ।