शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -९ मा वडा स्तरीय भलिबल प्रतियोगिता उद्घाटन, प्रतियोगिता भोलीसम्म सञ्चालन हुने

गणेश बेल्बासे ‘संगम’, सिद्धारा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका-९ मा वडा स्तरीय भलिबल प्रतियोगिता आजदेखि सुरू भएको छ ।

“सम्पूर्ण युवा एक होऔं, खेलकुदको विकास गरौँ ” भन्ने मुल नाराका साथ वडा नं.९ को वडास्तरीय खेलमैदान ठाडाखोलामा प्रतियोगिताको उदघाटन गरिएको हो ।

प्रगतिशिल युवा क्लबको आयोजन तथा शितगंगा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै शितगंगा नगरपालिका – ९ का अध्यक्ष भिम केसीले खेलकुदको माध्यमबाट सामाजिक विकृति र विसंगतीलाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ । खेलकुदले व्यक्तिको सार्वङ्गीण विकास हुने हुँदा यसलाई निरन्तरता दिन आफु र आफ्नो वडा लागि परेको बताउनु भयो । पछिल्लो समय युवापुस्ताहरु कुलतमा फस्दै गईरहेको बेला त्यसलाई निरूत्साहित गर्न र सामाजिक विकासमा युवाहरुको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवाहरूलाई समेट्नका लागी विगतका वर्षदेखि नै प्रतियोगिताको आयोजना गरिदै आएको उहाँले बताउनु भयो । खेलकुद प्रतियोगिताको आयोजना गरि क्षमतावान खेलाडीहरुलाई स्थानिय स्तर हुँदै राष्ट्रिय स्तरमा चिनाउने वडाको लक्ष्य रहेको अध्यक्ष केसीले बताउनु भयो ।

उत्घाटन कार्यक्रममा वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा वडाका १३ टीमको सहभागीता रहेको छ । आजदेखि सुरु भएको प्रतियोगिता भोलीसम्म सञ्चालन हुनेछ ।

क्लबका अध्यक्ष दिपक बोहराको अध्यक्षता रहेको कार्यक्रमको संचालन जनता आधारभूत विद्यालयका प्रअ पुर्ण बहादुर केसीले गर्नु भएको हो ।

प्रतियोगिताको आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन । जसमा प्रगतिशिल समूह, कालधारे ‘डी’ समूह, तल्लो सिद्धारा समूह र लामिदमार समूहले पहिलो चरणको खेल जित हासिल गरेका छन ।

भलिवल प्रतियोगितासँगै भोली घैंटो फुटाउने खेल, रसी तान खेलका साथै नृत्य प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रम गरिने छ । सांकृतिक कार्यक्रममा संस्कृति झल्काउने खालका विभिन्न नृत्यहरु प्रदर्शन गरिने छ । साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

आफ्नाे भेषभुषा, संस्कार र संस्कृतिको जगेर्नाका साथै खेलमा युवाहरुको स्तरोन्नति एवं प्रोत्साहनको निम्ति यस्ता खाले कार्यक्रमको आयोजना गरेको अध्यक्ष दिपक बोहोराले बताउनु भयो । यस किसिमका कार्यक्रमले गाउँ समाजको सर्वाङगिण विकासमा समेत टेवा पुर्याउनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो ।

भलिवल प्रतियोगिता तर्फ प्रथम, द्वित्तीय, तृतिय एवं सान्त्वना हुने समुहले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै अन्य विधाका प्रतियोगितामा विजेता हुनेलाई नगद र प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।