शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

वर्षाले धानबालीमा पारेको क्षति अनुगमनमा उपमेयर सहितको टोलि किसानको खेतमा

विक्रम आचार्य/ शितगंगा ।

अचानक परेको वेमौसमी भारी वर्षाले देशैभरका किसानको तयारी अवस्थामा रहेको प्रमुख बाली धानमा ठूलो क्षति पुर्‍याएको छ ।

त्यसमा अर्घाखाँचीको शितगंगा नगरपालिका पनि अछुतो रहन सकेन असोज ३१ देखि चलेको हावाहुरीसँग सुरु भएको भारी वर्षाले खेतमा काटेर सुकाएर राखेको र मुठा पारेको धानमा सबै भन्दा बढी क्षति पुगेको छ ।

कृषकको पिडालाई मनन गर्दै शितगंगा नगरपालिकाबाट उपमेयर टिका रेश्मी, विपत व्यावस्थापन संयोजक शान्ता अधिकारी, कृषि शाखा प्रमुख अनिल कुमार शर्मा लगायतको टोलीले वडा नं १३ र १४ को अनुगमन गरेको १३ को भङगला क्षेत्र र १४ को पाव्रा विक्रम क्षेत्रमा वढि क्षेति देखियको कृषि साखा प्रमुख अनिल शर्माले रातो प्रेसलाई बताउनु भयो ।

साथै वडाबाट विवरण संकलन गरि उचित क्षेतिपुर्तिको लागि पहलगर्ने प्रमुख शर्माले बताउनु भयो ।

अचानक वर्षा हुँदा काटेको धान खेतमै उम्रियको उत्पादन भइसकेको धान स्याहार्न नपाउँदै क्षति हुँदा चिन्तित भएको किसानले बताएका छन।