आइतवार, मंसिर १२, २०७८

Ratopress

Advertisment

SKIP THIS

बिर बहादुर विकको नेतृत्वमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

अर्घाखाँची । नेकपा एमाले वडा कमिटी सदस्य बिर बहादुर विकको नेतृत्वमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।

नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं. ११ वडा कमिटी सदस्य बिर बहादुर विकको नेतृत्वमा मदन नेपाली, नरेश विक, नारायण पोख्रेल, दामोदर भुसाल, शेर बहादुर चुदाली सहित ६ जना वडा स्तरीय कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

नव प्रवेशिकाहरु लाइ माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा सन्धिखर्क नगरकमिटी इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला समन्वय समिति सदस्य कृष्णहरि भुसाल, माधव खनाल नगर कमिटी सदस्य थानेश्वर भुसाल तथा हरि पान्डे लगायतका नेताहरुले टीका लगाइ पार्टी प्रवेश गराएका थिए ।