शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा पुरानै ढाँचा अनुसार कार्तिक २५ गतेसम्म निषेधाज्ञा कायमै

अशोक खनाल/ अर्घाखाँची ।
डिसिसिएमसी अर्घाखाँचीको बैठक आज बिहिबार सम्पन्न भएको छ । जिल्ला कोबिड -१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ ।

स्मार्ट लकडाउन कार्यविधी-२०७८ बमोजिम लागु हुने गरि स्वास्थ र सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाउदै यस भन्दा अगाडिकै मोडालिटी अनुसार लकडाउनकै निरन्तरता बमोजिम कार्तिक ४ गते राती १२ बजेदेखि कार्तिक २५ गते राती १२ बजे सम्मको लागि पुन: निषेधाज्ञा जारी गरिएको छ।

बैठक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षता साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको संचालनमा सम्पन्न भएको थियो ।