आइतवार, मंसिर १२, २०७८

Ratopress

Advertisment

SKIP THIS

सभापति देउवाको कारण काँग्रेस कमजोर बन्दै गएकाे प्रकाशमान सिंहकाे भनाइ

नेपाली कांग्रेशका महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाश मान सिंहले सभापति शेरबहादुर देउवाको कारण पार्टी कमजोर बन्दै गएको बताउनुभएको छ । पार्टीमा अहिलेपनि भनेको समयमा महाधिवेशन हुन्छ र !, भन्नेखखालको अन्यौलता छाएको बताउदै उहाँले ननपोल्टिकल सिस्टमले पाटी नचल्ने बताउनुभएको हो ।

नेता सिंहले पार्टी सभापति देउवाले भएर महाधिवेशन समयमा तोकिएको मितिमा नगर्नु नै विधि र पद्धती मिचेको र सिस्टमले पार्टी नचलाएको कारण पार्टी कमजोर बन्दै गएको बताउनुभएको हो ।

 

नेपाली कांग्रेश धुनिवेशी नगर पाटी कार्यालय खानिखोलामा रहेको कार्यालय उद्धघाटनको क्रममा उहाँले सो बताउनुभएको हो । महाधिवेशन र चुनावमा मात्र खहरे खोला वन्ने अरु वेलामा सुक्ने परिपाटीको कारण पार्टी कम्जोर भएको बताउदै उहाँले विधि र पद्धतीलाई मिच्दै सभापतीको आफ्नै जिल्लामा समेत नेता कार्यकर्ता वाहेक आफ्ना भन्नेलाई मात्र होटलमा प्रहरीको घेरा वन्दीमा अधिवेशन गरेको आरोप समेत लगाउनुभयो ।

नेपाली कांग्रेश सभापतीका दावेदार समेत रहनु भएका नेता सिंहले प्रजातन्त्रमा आकांक्षी राख्नु सवैको अधिकार रहेको प्रतिक्रिया दिनुभएको थियो । साथै उहाँले, कांग्रेसको विद्यार्थी संगठन देखी विभिन्न पाटीको महत्व पूर्ण काम गर्दै आएका र संविधान जारी गर्दाको समयमा समेत आफ्नो भुमिका रहेको हँदा नेपाली कांग्रेस सक्रिय राजनितिमा रहेको हुदा मेरो दावी रहने स्पष्ट पार्नुभएको छ ।