सोमवार, मंसिर १३, २०७८

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको कार्तिक ६ गते दोस्रो जिल्ला परिषद हुँदै

संगम बेल्बासे, अर्घाखाँची ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति अर्घाखाँचीको दोस्रो जिल्ला परिषद आगामी कार्तिक ६ गते हुने भएको छ ।

जिल्ला समन्वय समितिको यस अघि गएको असोज १६ गते बसेको बैठकको निर्णय र प्रदेश समितिको कार्ययोजना अनुसार परिषदको आयोजना गर्न लागिएको अध्यक्ष भुसालको भनाई छ ।

कार्यक्रम आगामी कार्तिक ६ गते शनिवार बिहान ११ बजे सन्धिखर्क स्थित अर्घाखाँची शिक्षा क्याम्पसको सभा हलमा हुने समितिका अध्यक्ष युवराज भुसालले जानकारी गराउनु भयो ।

अर्घाखाँची जिल्लाभरमा रहेका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुलाई उपस्थितिको लागि समितिले अनुरोध गरेको छ । सोही कार्यक्रमबाट सङ्गठनको जिल्ला परिषद पनि गठन पनि गरिने बताईएको छ ।