शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

लगातार वर्षाको कारण अर्घाखाँचीको जनजिबन प्रभावित

अशोक खनाल, अर्घाखाँची ।

सन्धिखर्क तिनदिन देखिको लगातार बर्षाको कारण अर्घाखाँचीको जनजिबन प्रभावित भएको छ ।

सदरमुकामको अलवा जिल्लाका ग्रामीण क्षेत्रका अधिकाम्स सडक अबरुद्ध भएका छन भने मंगलबार मध्य रातमा परेको भिषण क्र्षाको कारण सदरमुकामको चुत्राबेसी हुँदै बग्ने बागी खोला, भद्री खोला र घोचेखोला आसपासका घरहरु प्रभावित भएका छ्न ।

बुधबार बिहानै देखी सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल जिल्ला स्थित शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, नेपाली सेना, सन्धिखर्क नगर पालिकाका सब इन्जिनियर हरि बोहरा, नेकपा एमाले नेता श्रीकृष्ण भुसाल, नेपाली काङ्ग्रेसका नेता कृष्ण खनाल, माओबादी केन्द्र का नेता छम कुमारी खनाल राजेन्द्र भुसाल राजमो नेता कमल प्रसाद घिमिरे, नेकपा विप्लब समुहका नेता खेम घर्ती, नेकपा (एस) का युवानेता पुस्कर पौडेल, वडा नं. २ का वडा अध्यक्ष मोतिजङ रायमाझी शैक्षिक ब्यक्तित्व युबराज भुसाल सामाजिक ब्याक्तित्व दुर्गा प्रसाद भुसाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उद्वारमा खटिरहेका छन् । हाल सम्म कुनै मानविय क्षती भने भएको छैन ।