बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक कार्तिक ११ गते बस्ने

काठमाडौं : प्रतिनिधिसभा बैठक कार्तिक ११ गते बस्ने भएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार कार्तिक ९ गतेका लागि बोलाइएको  बैठक  दुईदिन पछि सरेको हो। संघीय संसद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ साल कार्तिक ९ गते मंगलबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि कार्तिक ९ गतेका लागि बैठक तोकिए पनि  विशेष कारणवश दुई दिन पर सरेको संसद सचिवालयले जनाएको छ।