बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

मौलिक सिर्जनाको प्रतिनिधित्व गदै बोम बहादुर कार्कीको दशैं कोशेली सार्वजनिक (भिडियोसहित)

शिब खनाल, काठमाडौँ ।
बरिष्ठ लोक गायक बम बहादुर कार्कीले पछिल्लो समय लोक गायनमा आएको बिकृतिले आफुलाई दिक्क बनाएको बताएका छन् । रातो प्रेससँग कुरा गदै उनले दशैंका गीतका नाममा होस् वा अरु कुनै लोक गायन, प्राय सबै गीतहरुले नेपाली कला संस्कृति र परम्परालाई धज्जि उडाएको बताए ।

नेपाल कला, संस्कृति र मौलिकताले धनी देश भएका हुँदा स्वदेशकै मौलिकता र संस्कृतिले जति पनि सिर्जना गर्न सकिने भए पनि परम्परा र मौलिकतालाई नै चुनौती दिने गरि आएका गीत संगीतले आफुलाई चिन्तीत बनाएको उनले बताए ।

कलालाई जोगाउनकै लागि अव देखि प्रत्येक महिना मौलिकतामा आधारित नेपाली लोक संगीतको सृजना गर्ने कार्कीले अठोट लिएका छन् । उनको पछिल्लो अठोटको सुरुवात स्वरुप अहिलेको दशैंमा नामक गीत ल्याएको उनले बताए । कार्कीले यसै हप्ता बजारमा ल्याएका दशैं गीतमा नेपाली मौलिकता र परम्परा प्रतिबिम्बित भएको उनको दाबी छ ।

कार्कीले नयाँ ल्याएको दशैं गीतमा शिवा आलेको स्वरमा शब्द संकलन र संगीत कार्की स्वयंले गरेका छन् । महेन्द्र भण्डारीको संगीत एरेन्ज गरेको गीतलाई बमबहादुर कार्की युटुब च्यानल मार्फत बजारमा ल्याएको छ । अहिलेको दशैंमा गितले नेपाली मौलिकता र परम्पराको प्रतिनिधित्व गरेको कार्कीले बताए ।

भिडियो पनि हेर्नुहोस् :