शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको राशिफल : असोज २६ गते, मंगलबार

वि सं २०७८ साल असोज २६ गते, मंगलबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १२ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– सप्तमी, २५ः५० बजे उप्रान्त अष्टमी । नक्षत्र– मूल, १६ः२० बजे उप्रान्त पूर्वाषाढा । योग– शोभन, १४ः२३ बजे उप्रान्त अतिगण्ड । करण– गर १४ः४७ बजेदेखि वणिज, १७ः१८ बजे उप्रान्त वालव । काठमाडौंमा सूर्योदय बिहान ६ः०३, सूर्यास्त बेलुकी ५ः३६ बजे ।

मेष : आर्थिक समृकि तथा सामाजिक प्रतिष्ठा बढ्नेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा केहि समस्या आउनेछ ।

वृष : व्यापार व्यवसायमा लागिनी फस्न सक्नेछ । पारिवारिक भेटघाटमा समय व्यतित हुनेछ । स्वास्थ राम्रो रहेछ ।

मिथुन : कार्य क्षेत्रमा समस्या बढ्नेछ । पारिवारिक किचलो बढ्नेछ । भैरव दर्शन गर्नुका साथै माता जगदम्विकालाई नरिवल अर्पण गर्नु ।

कर्कट : आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काममा सफलता प्राप्ति हुनेछ । परेवालाई दाना दिनु कल्याणकारी हुनेछ ।

सिंह : मनोरञ्जनको क्षेत्रमा समय व्यतित हुनेछ । नयाँ सम्बन्ध आरम्भम हुनेछ । बोलीको प्रभाव बढ्नेछ । प्रशस्त मात्रामा पानी पिउनु होला ।

कन्या : बोलीको प्रभावले गर्दा महत्वपूर्ण काम बन्नेछ । उत्साहको साथ दिन वित्नेछ । कुलदेवताको कृपा आर्शिवाद मिल्नेछ ।

तुला : आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । प्रेमप्रेमिका विच भेटघाट हुनेछ । नयाँ ठाँउको यात्रा हुनेछ । मध्यान्हपछि शारीरिक थकान बढ्नेछ ।

वृश्चिक : मित्रजनसंगको मिलनले आर्थिक क्षेत्रमा सुधार आउछ । नयाँ ठाउँको यात्रा हुने छ परिवारमा विमारी सन्तान विमारी हुने हुँदा सन्ध्याकालमा समस्या आउनेछ ।

धनु : कार्य कुशलतापूर्वक निर्वाह गर्नाले सम्मानित भइनेछ । पारिवारिक यात्रा गासिनेछ । माता भवानको आरधना गर्नाले आर्थिक संकर टर्नेछ ।

मकर : लेनदेनमा विचार गर्नु पर्ने देखिन्छ । मित्रजनदेखि धोका हुनाले मनमा खिन्न हुनेछ । रोकिएका काम बन्नाले सन्ध्या पछि मनमा आनन्द छाउने छ।

कुम्भ : सामाजिक पद प्रतिष्ठा तथा जिम्मेवारी प्राप्त हुनेछ । रोकिएको धन आउनेछ परिवारिक भेटघाट हुनाले दिन रमाइलो संग वित्नेछ । हनुमानको स्मरणतथा दर्शन गर्नु राम्रो ।

मीन : व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । आर्थिक कष्ट व्यहोर्नु पर्छ भने कसैलाई तुच्छवचन बोल्नाले सामान्य विवाद हुनेछ । संयतमित रहनु होला महामृत्युञ्जय मन्त्रको जाप वा पाठ सुन्नुपर्नेछ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८