शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रेस चौतारी कपिलवस्तुको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कपिलवस्तु । प्रेस चौतारी नेपालको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा तिन जना पत्रकारलाई सम्मान गरेको छ। पत्रकारिताको क्षेत्रबाट बिकास मानवअधिकार तथा सुशानको बिसयमा आम जनतालाई सु-सुचित गर्ने कृयासिल ३ जनालाई नन्दराम पौडेल स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । जसमा रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे, प्रेस चौतारीका सचिव बाबुराम रायमाझी र नन्दराम पौडेल मरोणापरान्त उहाँका दाजु टेकराज पौडेललाइ रु. १० हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले गिरधारिलाल न्यौपानेले वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत आम सर्वसाधरणमा पुराउन आग्रह गर्नु भयो । आमनागकिको आवाज पत्रकारहले कलमको माध्यमबाट बुलन्द गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेपालीहरुका महान चाडको शुभकामना शन्देश जोड्दै नेकपा एमले जिल्ला अध्यक्ष झवलाल पोख्रेलले देशभित्रका राजनीतिक शक्तिहरुलाई फेरबदल गर्ने काममा पत्रकारको अहम भुमिका हने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथी पोख्रेलले सम्मान भनेको ठूलो वा सानो जे भएपनी त्यसको गरिमा सम्मानित पत्रकारले बचाउन सक्नुपर्छ र त्यसको लागि पत्रकारले अझ मिहिनेत गर्नुपर्छ र कामको सम्मान गर्नुपर्ने बताउनु भयो ।

त्यसै गरि लुम्बिनी प्रदेश सभासद बिस्नु पन्थिले पत्रकारसँग सरकार परिवर्तन गर्न सक्ने तागत समेत पत्रकारमा हुने बताउनु भयो । सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार नीति ले व्यवस्था गरे बमोजिम पत्रकारले आचार संहिताको पूर्ण परिपालना गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष टेकराज पौडेल, पुर्ब अध्यक्ष भेषराज पाण्डे, प्रचार बिभाग प्रमुख लक्ष्मण बेलबासे, प्रेस चौतारी केन्द्रिय सद्स्य पार्वती पाण्डे लगायतले शुभकामना शन्देश सहित सम्बोधन गर्नु भएको थियो ।