शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

३० लाख माओवादी बनाउन कस्सिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३० लाख माओवादी बनाउन कस्सिएर लागे छन् । संगठन सुदृढीकरणमार्फत पार्टीमा ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्न प्रचण्ड लागि परेका छन् ।

यसका लागि पार्टीमा ज जस्ले जिम्मेवारी पाएका छैनन् उनीहरूलाई जिम्मेवारी दिएर संगठनलाई मजबुत बनाउने प्रचण्डको तयारी छ । यसअघि असोज ६ यता बसेको माओवादीको स्थायी कमिटी बैठकले पार्टीलाई सशक्त बनाउन केही नेताहरुको जिम्मेवारी हेरफेर पनि गरेको छ ।

पार्टीमा माओवादी सदस्य र समर्थकलाई संगठितसँगै माओवादीले आगामी राष्ट्रिय सम्मेलनलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

आगामी पुस १३ देखि १५ गतेका लागि तय भएको छ । साथै, राष्ट्रिय सम्मेलनका लागि पार्टी सदस्यता वितरण, नवीकरण र वडा तथा पालिका सम्मेलनको मिति परिमार्जन पनि गरिएको छ ।

प्रदेश सम्मेलनलाई यथावत राख्दै पार्टीले सदस्यता वितरण र नवीकरण असोज मसान्तसम्म गरिसक्नुपर्ने लक्ष्य लिएको । टोल सम्मेलन कात्तिक ६ र वडा सम्मेलन कात्तिक १३ गतेभित्र गरिसक्नुपर्ने लक्ष्य लिइएको छ भने पालिका सम्मेलन मंसिर ४ गतेभित्र सकिसक्ने माओवादीको लक्ष्य रहेको छ।

माओवादी केन्द्रमा अब एक व्यक्ति एक पदको अवधारणा लागू गरिने भनिएको छ ।