शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

आजको राशिफल : असोज २४ गते, आइतबार

वि सं २०७८ साल असोज २४ गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १० तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चतुर्ती, ८ः५५ बजे उप्रान्त पञ्चमी । नक्षत्र– अनुराधा, २०ः२३ बजे उप्रान्त ज्येष्ठा। योग– आयुष्मान्, २०ः३३ उप्रान्त सौभाग्य । करण– भद्रा ८ः५५ बजेदेखि वव, १९ः४२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः०१, सूर्यास्त बेलुकी ५ः३८ बजे ।

मेष (चु , चे, चो, ला, लि, लु , ले , लो) : यात्राको सुअवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । पारिवारिक किचलो बढ्न सक्छ, मौन बस्नु होला ।

वृष (इ , उ , ए, ओ, वा, वि, वु , वे ,वो) : सामाजिक जिम्मेवारी बढ्ने छन् । नसोचेको ठाउँदेखि धन प्राप्त हुनेछ । स्वास्थमा समस्या आउने देखिन्छ । बाहिर सकभर कम जनु होला ।

मिथुन (क , कि ,कु घ, ङ् छ, के, को, हा) : कार्य कुशलता अध्ययनमा सफलता प्राप्न हुनेछ । मध्यान्हदेखि स्वास्थमा समस्या आउनाले महत्वपूर्ण कार्य रोकिने छ । खानपानमा ध्यान दिनु ।

कर्कट (हि , हु, हे, हो, डा, डि, डु, डे , डो) : अध्ययन तथा सामाजिक क्षेत्रमा समय खर्चिनु पर्ने देखिन्छ । आफन्तको सहयोग प्राप्न हुनेछ । प्रेम सम्बन्ध जोडिन छ । स्वास्थ्यमा सुधार आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : पेट सम्बन्धी समस्या आउनेछ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । सामान्य विवाद हुनसक्ने हुदा बोल्दा विचार गर्नु होला । राजनैतिक क्षेत्रमा धोखा हुनसक्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : मनमा द्विविधा बढ्नेछ ५ मिनेट ध्यान गर्नु सहि निर्णय आउने छ । सहयोगी मित्रजनको कारणले निकै राम्रो काम बन्नेछ । मनोरञ्जनका साथ दिन वित्ने छन् ।

तुला (रा रि , रु, रि, रो, ता, ती , तु , ते) : आर्थिक समृद्धि तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । सन्तान सुख तथा पारिवारिक भेटघाटमा समय वित्नेछ मध्यान्ह देखि काममा व्यस्त हुनुपर्ने छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यि, यु) : स्वास्थ्यका कारणले गर्दा गर्दै पनि काममा ढिला हुनाले वचन सुन्नु पर्नेछ । प्रियवस्तु प्राप्त हुनेछ । केही कुरा काट्ने शत्रु बढ्ने छ । भैरवको दर्शन गर्नु ।

धनु (ये, यो, भा,भी, भू , ध, फा, ढ, भे) : सेचो अनुसार सम्बन्ध तथा काम बन्नेछन् । आर्थिक लेनदेनमा समस्या आउन सक्ने छ । मनोरञ्जन कार्यमा सहभागी भइने छ । बोलिको प्रभाव बढ्ने छ ।

मकर (भो, जा, जी, जु, जो, ख, खि, खु, खे, खो, गा, गी) : सामान्य चोटपटक लाग्ने छ । माग्ने वा दुःखीलाई पानी दान गर्नु राम्रो हुनेछ । आर्थिक क्षेत्र भने राम्रै रहने छ । पारिवारिक जमघटमा समय व्यतित हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आफन्तदेखि जोडिने योग छ । सन्तानदेखि भने टाढिनु पर्नेछ । स्वास्थ्यमा सामान्य आँखा सम्बन्धी समाचा आउन सक्नेछ । कुलदेवताको सेवा तथा दर्शन गर्नु ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : मांगलिक कार्यमा सहभागी भइने छ । नसोचेको आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने मित्र भेटिने छ । प्रेमसम्बन्ध जोडिने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८