शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

बाग्लुङ । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।

यसपटकको दशैमा उहाँले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र््याउनुभएको छ । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् ।

तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ । अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पु-याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच\सात सयमा झरेको छ ।