बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीकाे नरपानीमा जिप दुर्घटना हुदाँ घटना स्थलमै ३ जनाको मृत्यु

गणेश बेल्बासे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा लङ्का यातायात प्रालीको जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जिप दिउँसो करिब १ बजे दुर्घटना हुदाँ ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । करिब ३०० मिटर सड्कबाट तल खसेको जिप दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

चालक सहित ६ जना घाईते भएका छन् । १ जना बच्चा, चालक र ४ घाईते मध्ये २ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चालकका अनुसार ब्रेक फेल भएर गाडि दुर्घटना भएको छ । घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय ठाडा र प्रहरी चौकी नरपानी र स्थानियको टोलिले उद्वार गरेका छन् । घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको प्रहरी विष्टले बताए ।