शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगाे लगाएकाे छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो ।

बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

उनीहरुले पाउने मन्त्रालयबारे टुंगाे लागेकाे छैन । प्रधानमन्त्रीसंग थप परामर्श गरेर भाेली सपथ ग्रहण गराउने स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए।