शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

विप्लव निकट नेकपा कपिलवस्तुद्वारा तीन बुदे सहमति कार्यान्वयन नगरेकोमा विरोध प्रदर्शन

अनिल थारू/ कपिलवस्तु ।

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेपाल पार्टी कपिलवस्तुले तीन बुदे सहमति कार्यान्वयन तथा राजनीतिक अवस्था बन्दीहरुको रिहाई मागका लागि बिरोध प्रदर्शन कार्यक्रम बुधबार गोरुसिङेमा सम्पन्न गरेको छ ।    

उक्त बिरोध कोणसभामा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सचीव कमल केसीले सम्बोधन गर्दै फागुन २१ गते नेपाल सरकार र आफ्नो पार्टी ल विप्लव नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका झुटामुद्धा खारेज र बन्दीहरुलाई रिहा गरेको छैन् र नेता निर्मलले सहमती अक्षरंस पालना गरि सम्पुर्ण राजबन्दी रिहाई नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।         

एमसिसि जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न र सम्पुर्ण नेपाली जनताहरु एमसिसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्ने चेतावनी समेत दिए । एनसेलले अझै अर्बौं कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको र अझ एमसिसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी छ।    

प्रदर्शन कार्यक्रममा तीन बुदे सहमति कार्यान्वयन गर ! , कालोबजारी बन्द गर ! महागी नियन्त्रण गर!, एमसिसि खारेज गर ! एकीकृत जनक्रान्ती जिन्दावाद !,नेकपा जिन्दावाद ! जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रममा नेकपा नेता बिजयनगर गाउँपालिका इन्चार्ज प्रताप, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर, अखिल विद्यार्थी क्रान्तिकारी नेपाल जिल्ला अध्यक्ष बिज्ञान, युवा संगठन लुम्बिनी ब्युरो सदस्य बादल, थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु लगायतको उपस्तिथिती रहेको थियो ।       

कार्यक्रमलाई शिवराज नगरपालिका इन्चार्ज पाबेलले सहजीकरण गरेका थिए ।