शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

बरकुलपुरमा जारी फुटबल प्रतियोगितामा भलुहवा समूहको विजयी यात्रा सुरु, भोली ३ खेल हुने

संगम बेल्बासे/ कपिलवस्तु ।

जिल्लाको बुद्धभूमि-९ बरकुलपुरमा संचालित चौथो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको पाचौँ दिन भलुहवा समूहले आफ्नो विजयी यात्रा सुरु गरेको छ ।

प्रतियोगितामा भलुहवा समूहले बरकुलपुर ‘बी’ लाई पराजित गरेको हो । जसमा भलुहवाले बरकुलपुर ‘बी’ लाई ३–१ गोल अन्तरले हरायो ।

भोली बुधबार हुने प्रतियोगिताको पहिलो खेलमा गोरूसिङ्गे र रमादह बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा धमौली र डाब्रा बीच हुनेछ । त्यस्तै तेस्रो खेलमा फत्तेपुर र बरकुलपुर ‘डी’ बीच प्रतिस्पर्धा हुने अयोजकले जनाएको छ ।

ईन्द्रेणी स्पोर्टस क्लबले अयोजना गरेको फुटबल प्रतियोगितामा अहिलेसम्म २७ टिम दर्ता भएका छन् । प्रतियोगितालाई राईट साईड ग्रुपली मुख्य प्रायोजन गरेको छ ।