शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको कार्यालय बैठक सम्पन्न, कार्तिक ६ गते जिल्ला परिषद गर्ने

संगम बेल्बासे/ अर्घाखाँची ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति अर्घाखाँचीको कार्यालय बैठक आज शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकमा जिल्लामा रहेका पालिकाका अध्यक्षहरूले आफ्नो पालिकाको विषयमा प्रगति रिपोर्ट प्रस्तुत गरेका थिए ।

जिल्ला अध्यक्ष युवराज भुसालले संगठनका प्रगति विवरण प्रस्तुत गरी सुरु भएको बैठकमा अर्घाखाँची पार्टीका संयोजक ठाकुर कुमार विक, संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डे, संगठनका केन्द्रीय सदस्य केन्द्रीय सदस्य सुभाष बन्जाडे, प्रदेश सदस्य बुद्धि मिश्र लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

बैठकले सबै वडामा वडा समित गठन, जिल्लाका ६ वटा पालिकामा पालिका परिषद गर्न सबै पालिकाका इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको थियो। बैठकले कार्तिक ६ गते संगठनको दोस्रो जिल्ला परिषद् सम्पन्न गर्ने निर्णय गरेको छ ।

संगठनको २०७८ को सदस्यता नविकरण र अद्यावधिक गर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

बाल शिक्षक र विद्यालय कर्मचारीको नीतिगत तलब वृद्धि गर्नु पर्ने, नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्ने लगायताका सांगठनिक र शैक्षिक विषयमा निर्णय गरिएको जिल्ला अध्यक्ष युवराज भुसालले जानकारी दिनुभयो ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष युवराज भुसालको अध्यक्षता, महिला उपाध्यक्ष माधवा घिमिरेको स्वागत र उपाध्यक्ष रुद्र खनालको संचालनमा सम्पन्न भएको थियो ।