शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

नेकपा (माओवादी केन्द्र) सन्धिखर्क-१० बेल्टारीमा टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

रातो प्रेस संवाददाता, सन्धिखर्क ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं. १० बेल्टारी टोलले आज एक विशेष कार्यक्रमका बिच टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रमका प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति संयोजक ठाकुर कुमार विक ले “अहिलेको सन्दर्भमा पार्टीले अगाडि सारेको राजनैतिक कार्यदिशा र हामिले निर्वाह गर्नु पर्ने भूमिका”को बिषयमा प्रशिक्षण दिनु भएको थियो। अर्घाखाँचीको माओवादी इतिहासमा बेल्टारी त्यस्तो आधार भुमि हो जस्ले माओवादी जनयुद्धको सिंगो गाथा बोकेको छ। हामिले हाम्रो इतिहास बिर्से शाहीदको रगतले पोल्ने छ । अत: अविचलित र अविच्चिन्न रुपमा समाजवादी क्रान्तिको यात्रामा लाम बद्ध हुन आग्रह गर्दै, त्यसैको सफलतामा मात्र हाम्रो स्वार्थ निहित रहेको कुरा राख्नु भयो।

वक्ताहरुकै क्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश कमिटी सद्स्य तथा जिल्ला कार्यालय सदस्य एवं नगर कमिटी इन्चार्ज क. राजेन्द्र भुसालले पनि यो टोललाई कम्युन क्षेत्रको रुपमा बिकास गरौ, इतिहास कुल्चनेका पछि कहिल्यै नलागौ, इतिहासको रक्षा हाम्रो अभिभारा हो। नेतृत्व आफै जन्मदैन, संघर्षको भट्टि बाट पैदा हुने कुरा हो। कसैलाई अवतार मानि बस्नु हामि झन दासि हुनु हो। अब युवाहरुले पनि नेतृत्व बिकासमा ध्यान दिनु पर्छ भन्ने धारणा राख्नु भयो।

मन्तव्यका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी सदस्य तथा वडा कमिटि अध्यक्ष राजेन्द्र जि.सि, नगर कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोहन सिंह ठकुरि, जिल्ला सल्लाहकार तेज बहादुर थापा, जेष्ठ कम्युनिष्ट मञ्च जिल्ला सदस्य मान बहादुर थापा, नगर कमिटी सदस्य तथा महिला नेतृ लक्ष्मि भुसाल लगाएतले आफ्ना सारगर्भित भनाईहरु राख्नु भएको थियो।

सो कार्यक्रममा बिनोद थापाको अध्यक्षता र बालकृष्ण थापाको संचालन रहेको थियो।