शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

एकृकित नेपाल शिक्षक संगठन वाणगंगा नगर अध्यक्षमा अधिकारी चयन

कपिलवस्तु । एकृकित नेपाल शिक्षक संगठन वाणगंगा नगरपालिकाको भेला सम्पन्न गरेका छ ।

एकृकित नेपाल शिक्षक संगठन प्रदेश सभा सदस्य भोजराज आाचार्यको प्रमुख आथितियता तथा संगठनका जिल्ला सचिव नन्दुराम खनालको विशिष्ट अथितियतामा बसेको भेलाले वाणगंगा नगरको नयाँ नेतृत्व चयन गरेको छ ।

शिव अधिकारीको अध्यक्षतामा १३ जनाको नगर समिति चयन गरेको छ । जसको नगर सचिवमा गिता बन्जाडे, कोषाध्यक्षमा भागिरथ न्यौपाने, सदस्यहरुमा नवराज बेल्वासे, बेलमाया खड्का सहित १३ सदस्सीय नगर कमिटि गठन गरेको छ ।

प्रमुख आथितिका रुपमा बोल्दै संगठन बलियो रहेको र संगठनले एजेण्डा बोकेर हिड्ने गरेको हुँनाले संगठन सफल रहेको आचार्यले बताउनु भएको थियो । साथै शिक्षकहरुको हक, हित र अधिकारका लागि लड्न समेत एकृकित नेपाल शिक्षक संगठन सधैँ तयार रहेको बताउनु भएको छ ।

एकृकित नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष लाल चन्द्र पाण्डे अध्यक्षता रहेको भेलामा नगर सचिव भागिरथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।