शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

बरकुलपुरमा फुटबल प्रतियोगिता : उद्घाटन खेलमा वाणगंगामाथि चन्द्राैटाकाे रोमाञ्चक जित

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा जिल्ला स्तरीय खुल्ला नक-आउट फुटबल प्रतियोगिता-२०७८ सुरु भएको छ ।

हिन्दुहरुको महानपर्व विजया दशमीको अवसरमा ईन्द्रेणी स्पाेर्ट क्लब बरकुलपुरको आयोजनामा उक्त फुटबल प्रतियोगिता सुरु भएको हो । शुक्रबार एक समारोहबीच समाजसेवी जवहारलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा वाणगंगा वेलफर सोसाईटी चार नम्बर र जागृति युवा क्लब चन्द्रौटा भिडेका थिए । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसकेको यस खेलमा खेलको अन्तिम समयमा जागृति युवा क्लबले गरेको १ गोल नै निर्णायक बन्यो । विगत ४ वर्षदेखि ईन्द्रेणी स्पोर्ट क्लबले विभिन्न अवसरमा फुटबल प्रतियोगिता गराउँदै आएको छ । यस वर्षको प्रतियोगितामा २० टिम सहभागी भएको क्लबका अध्यक्ष सोनु थारुले रातो प्रेसलाई जानकारी दिए ।

भोली हुने पहिलो खेलमा राइट साइड ग्रुप र चम्पापुर समुह भिड्ने छन । त्यस्तै अर्काे दाेस्राे खेलमा भैरमपुर समुह र सेमरदिहवा समुहबिच हुने अायाेजकले जनाएकाे छ ।