शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिटिजन बैंक ईमिलिया शाखाद्वारा घरदैलो कार्यक्रम सम्पन्न

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

सिटिजन बैंक ईमिलिया शाखाले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै उक्त कार्यक्रम गरेको जनाएको छ ।

घरदैलो कार्यक्रममा खाता संचालन गर्ने, बैंकिङ्ग कारोबार सम्बन्धी सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरेको थियो ।

कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत विस्तृत रुपमा जानकारी गराइएको थियो । साथै बैंकले छिट्टै एटिएम सेवा प्रदान गर्ने योजना अगाडी बढाईएको ग्राहक वर्गकालाई जानकारी गराईएको थियो ।

शाखा प्रबन्धक समिर कुमार श्रेष्ठको नेतृत्वमा भएको घरदैलो कार्फक्रममा बैंकका कर्मचारीहरुको समेत उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि संचालन गर्ने बैंकको योजना रहेको शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिए ।

घरदैलो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको हो । बैंकले संचालन गरेको यस घरदैलो कार्यक्रमबाट बैंकका ग्राहक महानुभावहरु लगायत सर्वसाधारण पनि लाभान्वित भएको बैंकले विश्वास लिएको छ ।