शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।