शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगाका बालविकास शिक्षक तथा कर्मचारीद्वारा नगरपालिकालाई बुझाए ज्ञापन पत्र

बिक्रम आचार्य, ठाडा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तरगत रहेका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक विद्यालय कर्मचारीहरुले विभिन्न माग गर्दै नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

हिजो जिल्ला भरिका स्थानिय तहमा ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेकोमा बालविकास शिक्षक, विद्यालय कर्मचारी, लेखापालको उल्लेख्य सहभागी रहेको थियो ।

नेपाल सरकारले बजेट मार्फत देशैभरका बालविकास शिक्षकको तलब १५ हजार पुराउने घोषणा गरे पनि हाम्रो नगरपालिकाले कार्यन्वयन नगर्दा आफुहरु अन्यायमा परेको नगर स्तरीय बाल विकास समिति शितगंगाले पनि आफ्ना मागको सुनुवाइका लागि दोश्रो चरणको आन्दोलन अन्तरगत विभिन्न माग सहितको ज्ञापन पत्र बुझाइएको नगरस्तरी समितिका अध्यक्ष गिता विश्वकर्माले बताउनु भएको छ ।

पटक-पटक आफ्ना माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाउदा समेत कुनै सुनुवाइ नभएकोले हामि मर्कामा परेका छौ यदि सरकारले तोकेको पारिश्रमिक स्थानिय तहले लागु नगरेमा थप ससक्त आन्दोलन गर्ने र यहि अवस्था रहेमा २ बजे पछाडी विद्यालयमा नaस्ने समेतको निर्णय भयको संघर्ष समितिकी सचिब गिता क्षेत्रिले रातो प्रेसलाई बताउनु भयो ।

आन्दोलन नरोकिएको राज्यले तोकेको पारिश्रमिक कार्यन्ययन नहुदासम्म थप ससक्त आन्दोलन गर्ने निकट स्रोतले जनाएको छ ।