शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

विद्युत अवरुद्ध हुँदा अर्घाखाँची र गुल्मीको विवादले मालारानी र छत्रदेवका केही वडाका आम नागरिक मर्कामा

विक्रम आचार्य, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वडा नं. १ र २ तथा छत्रदेव गाउपालिका वाड नं. ८ मा पटक पटक विद्युत अवरुद्ध हुँदा त्यहाँका आम नागरिकले सास्ती खेप्नु परेको छ ।

मालारानी गाउपालिका वार्ड नं. १ र २ तथा छत्रदेव गाँउपालिकाको वडा नं. ८ मा पटक पटक विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण गुल्मी शाखासंग जानाकारी गराउँदा “अर्घाखाँचीको जिम्मामा छ त्यो क्षेत्र” भन्ने जवाफ आएको नागरिकले बताएका छन । त्यस्तै विद्युत प्राधिकरण अर्घाखाँची शाखामा सम्पर्क गर्दा “गुल्मी तीरको समस्या हो” भनेर जवाफ आएको नागरिकले बताएका छन ।

यसरी मालारानी – १ र २ तथा  छ्त्रदेव – ८ का नागरिकले सास्ती बेहोर्नु परेको मालारानी – १ का स्थानिय जीवनराज आचार्यले रातो प्रेसलाई बताए ।

पहिला अविरल बर्षाका कारण पोलहरु ढलेर विद्युत अवरुद्ध समस्या थियो तर अहिले समस्या नभएको विद्युत महसुल गुल्मी मै बुझाईए पनि समस्या भएमा सुचारू गर्ने काम अर्घाखाँचीको भएकोले समस्या भएको खण्डमा तत्काल सन्चालन गर्ने अर्घाखाँची वितरण केन्द्रका प्रमुख किरण खनालले बताए ।