शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

सन्धिखर्कमा नेकपा एमाले अर्घाखाँचीद्वारा बृहत कार्यकर्ता भेला सम्पन्न

श्याम घिमिरे, अर्घाखाँची।

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको महागठबन्धनलाई त्यान्द्रोको संज्ञा दिनुभएको छ ।

रायमाझीले परमादेशबाट बनेको गठबन्दनको सरकार अपबित्र भएको भन्दै यस्तो गठबन्धन धेरै समयसम्म नटिक्ने बताउनु भयो । नेकपा एमाले अर्घाखाँचीले मंगलवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता रायमाझीले यस्तो बताउनु भएको हो ।

पुर्ब उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपि शर्मा ओली सरकारले गरेका लोकप्रिय कामबाट बिपक्षीहरु अत्तालीएर सरकार फेरबदलमा लागेको आरोप समेत लगाउनुभयो । रायमाझीले नेपालको कम्युनिष्ट आन्दोलन संक्रमणकालीन अबस्थाबाट गुज्रीएको भन्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना समेत गर्नुभएको थियो । रायमाझीले जिल्लामा प्रचण्डको झुण्ड र माधब कुमार नेपालको पार्टी चामलको बियाँ जस्तै रहेको भन्दै सबैलाई एमालेमा गोलबन्द हुन आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा मनतव्य राख्दै एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको भन्दै प्रचण्डको अब च्याखे दाउ राजनीति नचल्ने दाबि गर्नुभयो । उहाँले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप पनि लगाउनु भयो । बस्नेतले एमालेलाई बिभाजन गराउन सरकाले सबै कानुललाई ध्वम्स पारेको भन्दै सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर शेरबहादुर, प्रचण्ड र माधव नेपालको गोटी बनेको आरोप पनि लगाउनु भयो । बस्नेतले यही अवस्थामा एमालेले प्रतिनिधि सभा चल्न नदिने प्रष्ट समेत पार्नुभयो ।

पुर्व मन्त्री समेत रहनुभएका नेता बस्नेतले माधव कुमार नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाउनु भयो । बस्नेतले माधव नेपालले हात्तीजत्रो एमालेलाई बोको जत्रो बनाएको भन्दै नेपालको कडा आलोचना गर्नुभयो । बस्नेतले केपि ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री नभएको भए एमालेलाई खोज्नुपर्ने स्थिति आउन सक्ने समेत जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा एमाले नेता नजिर मिँया, चन्द्रबहादुर खड्का ,बोम बहादुर बिक, रामजी प्रसाद घिमिरे , लगायतले संवोधन गर्नुभएको थियो ।

कार्यक्रम एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी बिधानको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।