शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -६ मा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

विक्रम अाचार्य, अर्घाखाँची ।

नेकपा एमाले शितगंगा ६ मा आज अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अथिति प्रदेश संसद रामजी घिमिरेले नेकपा एमाले जनताको लोकप्रिय पार्टी बन्दै गएकोले आगामी निर्वाचनमा पहिलो पाटी बन्ने दाबी गर्नुभयाे । सोही अवसरमा बोल्दै घिमिरेले स्थानिय तहको निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनु भएकाे छ । कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद रामजी प्रसाद घिमिरे को प्रमुख आथिथ्यता जिल्ला कमिटी उपसचिब प्रेम गैरेको विशिष्ट अथिथ्यता र नगर कमिटी अध्यक्ष बसन्त श्रेष्ठ लगायत ऋषि घिमिरे, केशब वेल्वासे, चिरन्जिबी वेल्वासे, स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ४१ जना विभिन्न पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेका छन् जसमा प्रमुख अथिति घिमिरे र विशिष्ट अथिति गैरेले टिका तथा सदस्यता प्रदान गर्दै स्वागत गर्नु भयो । कार्यक्रम वडा कमिटी अध्यक्ष कासि भट्टराईको अध्यक्षता र वडा कमिटी सचिव प्रदिप भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।