शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

कुनै हालतमा एमसीसी पास हुन नदिने विप्लवकाे भनाइ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको सार्वभौमिकताको विरोधमा रहेको बताउनुभयो ।

सोमबार खुल्लामञ्चमा आयोजित विरोधसभाको सम्बोधन गर्दै उहाँले नेपालको स्वाधीनता विरोधी रहेको भन्दै कुनै पनि हालतमा पास गर्न नदिने बताउनुभएको हो ।

विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको उल्लेख गर्दै उहाँले लागू हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको छ ।’