शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

विष्णु माझीबारे मानव अधिकार आयोगको चासो

गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगले चासो देखाएको छ । ‘चरी जेलैमा’ गीत चर्चित भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि मानवअधिकार आयोगले पनि चासो देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सामाजिक सञ्जालहरुमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए । उनले आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र प्रहरीलाई माझीबारे थप जानकारी उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।