
शिब खनाल, राताे प्रेस डटकम ।
कपिलवस्तुः ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’,खै हाम्रो दिलमा त घामै लागेन,बाँचेको छु धन्न लगायतका थुप्रै गीतका रचनाकार तथा संगीतकार डा. शिव सुवेदीको शब्द र संगीत रहेको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ ।
‘कस्को अनुमति’ बोलको यस गीतमा लोक प्रिय गायक बिक्रम परियार र लोकप्रिय गायिका शान्ती श्री परीयारको स्वर रहेको छ । गीतको भिडियोमा लोक दोहोरी क्षेत्रका लोक प्रिय मोडल महेन्द्र गौतम र मोडल गरीमा शर्माको जीवन्त अभिनय रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा एक अर्काले माया गरेको तर परीवारको अनुमति बिना कुनै निर्णय नलिने भाव समिटीएर एक प्रेम जोडीको कथा देखाईएको छ । प्रेमी प्रेमीका एक अर्का बिचको गाढा प्रेम अवस्थालाई बिनोद भण्डारीले सुन्दर तवरले भिडियोमा उतारेका छन् । भिडियोका छायाँकार करन चैसीर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।
भिडियो पनि हेर्नुहाेस्ः