शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठक सम्पन्न

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) लुम्बिनी प्रदेशको बिस्तारित बैठक कपिलवस्तुको चन्द्रौटा स्थित के-लिओ होटलमा भव्यरुपले सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाबाट प्रतिनिधित्व गरि सहभागीको रुपमा करिब १ सय संख्यामा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

“राष्ट्रियता,लोकतन्त्र र संवैधानिक सर्वोच्चता हाम्रो अभियान! शिक्षक एकता, संघीय शिक्षा ऐन र समाजवादी शिक्षा नीति UANTO को पहिचान !” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश स्तरिय विस्तारित बैठक बस्दै आएको छ ।

बैठकको प्रमुख अथितीको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डे हुनुहुन्थ्यो । त्यस्तै विशिष्ट अथितिको रुपमा केन्द्रिय महासचिव निमबहादुर के.सी.रहनुभएको थियो ।

कार्यक्रममा अथितिको रुपमा नेपाल शिक्षक महासंघका महासचिव गणेश प्रसाद रिजाल, विभिन्न विभागका संयोजकहरू, केन्द्रिय सदस्यहरू, नेकपा माओवादी केन्द्र कपिलवस्तुको तर्फबाट पुर्व सांसद उमा विक लगाएतको उपस्थिति रहेको थियो ।

विस्तारित बैठकमा UANTO का केन्द्रिय सदस्य कमल जिसीले केन्द्रको परिपत्र प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा प्रत्येक जिल्लाबाट रिपोर्टिङ व्यवस्था समेत गरिएको थियो । जिल्लाबाट अगुवा शिक्षक नेताहरुले समसामयिक संगठनको घटनाक्रमको बारेमा भए गरेका र शिक्षा क्षेत्रमा हुनुपर्ने, गर्नुपर्ने काम र गुनासो सहितको आफ्नो जिल्लाको रिपोर्टिङका गरेका थिए ।

जसमा रुपन्देही जिल्लाका अध्यक्ष मुबारक अली, पाल्पा जिल्लामा अध्यक्ष युवराज पन्त, कपिलवस्तु जिल्लाका अध्यक्ष लालचन्द्र पाण्डे, अर्घाखाँची जिल्लाका अध्यक्ष युवराज भुसाल, गुल्मी जिल्लाका ईन्चार्ज लक्ष्मीकान्त खनाल, प्युठान जिल्लाका उपाध्यक्ष विष्णु प्रसाद पोख्रेल, दाङ जिल्लामा अध्यक्ष हुकुम बुढाथोकी, पुर्वी रूकमका जिल्ला उपाध्यक्ष जोग बहादुर लामिछाने, बाँके जिल्लाका अध्यक्ष कर्ण बहादुर मल्ल, बर्दिया जिल्लाका अध्यक्ष बलराम भुजेलले रिपोर्ट प्रस्तुत गरेका थिए ।

UANTO लुम्बिनी प्रदेशका सचिव धर्म प्रसाद शर्माले गर्नु भएको स्वागतबाट सुरु भएको विस्तारित बैठकमा विशिष्ट अथिती एवं केन्द्रिय महासचिव निमबहादुर केसी, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश महासचिव गणेश प्रसाद रिजाल, संस्थागत विद्यालयका तर्फबाट केन्द्रिय सदस्य गंगालाल प्रधान, लुम्बिनी प्रेदेश महिला विभागको तर्फबाट केन्द्रिय सदस्य माधवा भुसाल, बाल विकास विभाग केन्द्रिय संयोजक कृष्ण कुमारी थापा, राहत शिक्षक विभाग विरेन्द्र मल्ल, नमुना विद्यालय विभागका तर्फबाट मधु सुदन पोख्रेल लगाएतले मन्तव्य दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी UANTO केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेले आफ्नो संगठन शिक्षकहरुका पेशागत अधिकार, बालबिकास शिक्षक, विद्यालय कर्मचारीको बारेमा गम्भीर ढंगले लागेको र यसमा अझै प्रयासरत रहेको बताउनु भयो ।

प्रदेश अध्यक्ष यम प्रसाद अधिकारीको अध्यक्षता रहेको विस्तारित बैठकको सन्चालन प्रदेश महासचिव प्रेम बहादुर बस्नेतले गर्नुभएको थियो ।