शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सरकारले शिक्षकको उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने

सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अस्पताल बनाउने निर्णय गरेको बताउनु भएको हो ।

 

चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको उहाँको भनाइ छ। त्यसवाफतको पाँच अर्ब बजेटले खोप खरिद गरिने उनले जानकारी दिनु भयो ।