शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका एक सफल किसान जसले अकबरे खुर्सानी खेतीबाट मनग्ये आम्दानी गरे

निरु आचार्य नवरश्मी, अर्घाखाँची ।

अर्घाखाँची छ्त्रदेबका युवा नारायण अधिकारीले अहिले कृषि कार्यलाई महत्त्व दिँदै ५ महिना पहिले स्थानीय जातको खुर्सानीको खेति गर्न शुरु गरेेेेका छन् ।

अन्य खेती गर्दा बाँदर र बँदेलको समस्या रहेको तर खुर्सानी खेतिमा यो समस्या नरहेकोले आफू खुर्सानी खेती तर्फ आकर्षित भएको बताउँदै उहाँले घर नजिकै रहेको करीब १० रोपनी जग्गा भाडामा लिएर लगभग ४ हजार भन्दा धेरै डल्ले खुर्सानी ( लोकल अकबरे ) को विरुवा राेपेका थिए र हाल आएर उत्पादन शुरु भएकोमा आफू अत्यन्तै खुशी भएको बताए। गरे हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको देखिन्छ।मासिक आम्दानि राम्रो भएको बताए ।

आफुले खुर्सानी खेती गर्दा प्राविधिक ज्ञानको अभावमा सुरुमा केही समस्याहरु झेल्नुपरेको गुनासो सुनाउँदै सम्बन्धित निकायबाट कुनै पनि किसिमको प्राविधिक सहयोग नपाएको , आफ्नै मेहनतमा युट्युब तथा गुगलबाट खोजेर आइपर्ने विभिन्न समस्याहरु समाधान गरेको बताएका छन्।

करीब १ लाख ५० हजार लगानी लागाई सकेको र सरकारी अनुदान कत्तिपनी नलिई विशुद्ध आफ्नै लगानीमा व्यावसाय शुरु गरेको बताएका छन्। अहिले उत्पादन देख्दा आफू खुशी भएको तर बजार नपाउने हो कि भन्ने चिन्ता भने उत्तिकै रहेकोले स्थानीय सरकारले वा कृषिसँग संबंधित निकायहरुलाई बाजा जग्गाकाे व्यवस्थापन गरिदिन आग्रह समेत गरे ।

म जस्तै धेरै युवाहरु परिवारलाई छडेर विदेशिनु भन्दा आफ्नै घरको जमिन बाँझो राख्नु भन्दा यस्तै गरि विभिन्न प्रकारका कृषि कार्यहरु गरेको खण्डमा आफू स्वरोजगार हुने र राम्रो आम्दानी गर्न सकिने बताउछन् । यसका लागि आफ्नो नजिकैको स्थानीय सरकारले गर्ने शाहस र आँट भएका जोसुकै कृषकलाई सहयोग गर्नुपर्ने उनकाे भनाइ छ।