शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

ह्वात्तै घट्यो सेयर बजार

लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो ।

नेप्से परिसूचक घटे तापनि आइतबार २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयरको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रुपैयाँको कारोबार भएको छ । सो दिन पहिलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो डेभलपमेन्ट रहेको छ ।

कम्पनीको सो दिन ७० करोड ३३ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ ।

हाइड्रोको मात्र सेयर मूल्य घट्दै गइरहेकोमा आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशत घट्न पुगेको थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।