बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

मुलुकभर १ हजार ८९ जनामा कोरोना पुष्टि

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९७१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ ।