शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल : भारतसँग नेपल २–१ ले पराजित

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार (आज) दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।