शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुमा हुँदैछ आज सम्मकै ठुलो रासीको खुल्ला भलिबल प्रतियोगीता, आयोजकद्वारा सहभागीताको लागि आग्रह

चन्द्रौटा (कपिलवस्तु) । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको राईजिङ स्टार युवा क्लवको आयोजनामा असोज १ गते देखि भलिबल प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुख्य नारा सहित खुल्ला पुरुष तथा स्थानिय महिला भलिवल आयोजना गरिएको क्लबका अध्यक्ष प्रदिप थापाले जानकारी दिए ।

हिजो शनिबार पत्रकार सम्मेलन गरि भलिवल प्रतियोगितका लागि तयारी भइरहेको बताउँदै मुलुकका ४० भन्दा बढी जिल्लाका खेलाडीहरु सहभागि हुने राईजिङ्ग स्टार युवा क्लबका खेल संयोजक भरत पुन (शैलेन्द्र) ले बताए। पछिल्लो समयमा युवाहरु लागुऔषध कुलततर्फ लागेकोले खेलको माध्यमबाट त्यस्ता कार्यलाई समेत न्युनिकरण गर्न सहयोग पुग्ने खेल संयोजक शैलेन्द्र पुनले बताए ।

भलिबल प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रथम हुनेलाई नगद १ लाख १ हजार १ ट्रफि मेडल, प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ७१ हजार ट्रफि मेडल, प्रमाण पत्र, तेस्रो हुनेलाई नगद ४१ हजार ट्रफि मेडल, प्रमाण पत्र सान्तवना हुनेलाई नगद २१ हजार ट्रफि मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै महिला तर्फ प्रथम हुनेलाई नगद १० हजार ट्रफि मेडल, प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ५ हजार ट्रफि मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ । असोज ६ गते सम्म चल्ने प्रतियोगिमा सहभागिताको लागि आयोजकले सबैसँग आग्रह समेत गरेको छ ।