शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

ईन्डो नेपाल बोडर डान्स च्यालेन्जको प्रथम उपाधी नान्सीलार्ई

संजीव गहतराज/ कपिलवस्तु ।

ईन्डो नेपाल बोडर डान्स च्यालेन्जको प्रथम पुरुस्कार नान्सी पराजुलीले हात पार्न सफल हुनुभएको छ । त्यस्तै दोश्रो स्थानमा अर्जीत थापा मगर र तेस्रो स्थानमा रिनेस उपाध्यायले हात पार्न सफल हुनुभएको हो । केहि महिना अगाडि शुरु भएको अडिसन सकाएर ग्रेन्ड फाइनल राउण्डमा प्रथम पुरस्कार रु. १ लाख, दोस्रो पुरस्कार रु. २० हजार र तेस्रो पुरस्कार रु. १० हजार रहेको आयोजक सुमन पौडेलले बताउनु भएको छ ।

नेपाल भारत सिमा क्षेत्र कृष्णनगरबाट शरु गरिएको अडिसनले भारतबाट पनि धेरै प्रतिस्पर्धीहरु सहभागि हुनुमा यस कार्यक्रमलाई उत्साहित बनाएको कार्यक्रमका प्रमुख अतिथि कृष्णगर नगरपालिका प्रमुख रजत प्रताप शाहाले बताउनु भयो । दुई देश विचको सम्बन्धलाई अझ गाढा र मज्बुद बनाउन टेवा पुग्ने नगर प्रमुख शाहाले बताउनुभयो ।

दुई देश विच सामाजिक सद्भाव कायम गर्न महत्वपुर्ण भुमिका रहेकोले यस्ता कार्यको निरन्तरता हुन जरूरी रहेको बिजयनगर गाउपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।

खेल र कलाकारीताले संसार भर चिनाउन सक्ने क्षेत्रलाई अगाडि बढाउन खोजेकोमा आफ्नो सदैव साथ रहने व्यापार संघ केन्द्रिय कमिटि सदस्य महादेव पोख्रलले बताउनु भयो ।

कार्यक्रममा स्थानिय कलाकार देखि राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको थियो । कलाकार मिसन भुषााल, शिव खनाल, दिपक भण्डारी, सन्दिप न्यौपाने, शिलु भट्टराई लगाएतले आफ्नो प्रस्तुतीले दर्शकहरुलाई नचाएका थिए । छमछमी ईन्टरटेन्टमेन्ट प्रा.लिका संचालक सुमन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रम पत्रकार चिन्ता परियारको संचालनमा सम्पन्न भएको थियो ।