आइतवार, मंसिर १२, २०७८

Ratopress

Advertisment

SKIP THIS

“इन्डो बडर बोर्डर डान्स च्यालेन्ज” रियालिटी शोको फाइनल भाद्र १९ मा

गणेश बेल्बासे संगम/ बुटवल ।

नेपाल भारत मैत्रिपुर्ण नृत्य प्रतियोगिता (“इन्डो बडर बोर्डर डान्स च्यालेन्ज”) रियालिटी शो को ग्रान्ड फिनाली हुने भएको छ ।

छमछमी इन्टरटेन्मेन्टद्वारा आयोजित नेपाल भारत मैत्रिपुर्ण नृत्य प्रतियोगिता नयाँ प्रतिभाको खोजी र नयाँ प्रतिभालाई उजागर गर्ने उद्देश्‍यले रियालिटी शोको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

मायज इन्टरनेशनल होटलमा भाद्र १९ गते शनिबार हुन लागेको ग्रान्ड फिनलमा सेमिफाईनलबाट उत्कृष्ट ५ जना प्रतियोगीहरुले भाग लिनेछन् ।

फाईनलका लागि छानिने उत्कृष्ट प्रतियोगीहरु क्रमश नेन्सी पराजुली (बुटवल), आर्जित थापा मगर (ईमिलिया), रेहान्स उपाध्याय (भारतको सिद्धार्थनगर), कलि मौर्या (कृष्णनगर), र रेहान खान (कृष्णनगर) रहेका छन् ।

सेमी फाईनलबाट छानिएका प्रतिस्पर्धीहरुबिच भएको प्रतिस्पर्धाको निर्णायकमा नेपाल र भारतबाट २/२ जना कलाकार रहने छन् । प्रतिस्पर्धीबिच ग्रान्ड फिनलका लागी उत्कृष्ठ प्रतिभा चुन्ने जिम्मा दर्शकहरुको भोटिङबाट शत प्रतिशत मत निहित रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई कृष्णनगर नगरपालिका, माहाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकाले प्रायोजन गरेका छ्न ।

साथै सोही अवसरमा तीज कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।