शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

भदौ तेस्रो सातादेखि देशभर सवारी चालक अनुमतिपत्रको परीक्षा

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागबीच छलफल भएको थियो । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।