शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सन्धिखर्कमा समसामयिक परिवेशमा शिक्षाको अवस्थाकाे विषयमा अन्तरक्रिया

वसन्त श्रेष्ठ/ अर्घाखाँची ।
विश्वव्यापी रुपमा रहेको कोरोना महामारीको समयमा बैकल्पिक बिधीको शिक्षा आजको आवश्यकता रहेको सरोकारवालाले बताएका छन् ।
कोरोना महामारीको कारण नेपालमा पनि अनलाइन प्रणालीबाट शिक्षण गर्ने परिपाटीको सुरुवात भएको भन्दै सरोकारवालाले बैकल्पिक शिक्षामा जोड दिएका हुन । शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीको आयोजनामा भएको समसामयिक परिवेशमा शिक्षाको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले शैक्षिक उन्नयनका लागि बैकल्पिक पद्धतीको शिक्षामा जोड दिएका हुन ।
पेशागत शिक्षक महासंघ, बिद्यार्थीका भातृसंगठन र स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुसँगको संयुक्त कार्यक्रममा सहभागीहरुले अनलाईन शिक्षामा सबै बिद्यार्थीहरुको पहुँच सुनिश्त हुन नसकेको बताएका थिए । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी भुगोल र परिवेश अनुसार भौतिक कक्षा सञ्चालन गर्नुपर्नेमा पनि जोड थियो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समितिका संयोजक पिताम्बर भुसालले सबै बिद्यार्थीहरुलाई बैकल्पिक शिक्षाले समेट्नुपर्नेमा जोड दिनुभएको थियो । मालारानी गाउँपालिका अध्यक्ष वालकृष्ण आचार्यले पालिकाभित्र बिद्यार्थीहरुलाई निशुल्क सिमको व्यवस्था गरी अनलाइन कक्षाको प्रबन्ध मिलाइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले कोरोना महामारीको समयमा शैक्षिक क्षेत्रमा पर्ने जोखिमको समाधानका लागि कार्ययोजना निर्माण गरेर लागुगर्ने बताउनुभयो । पौडेलले जिल्लाका धेरै बिद्यालयमा नियम बिपरित शैक्षिक शुल्क लिइएको र शर्टिकफिकेटको आफुखुसी शुल्क लिएको गुनासो आएको भन्दै एकरुपमा ल्याउन सरोकारवालालाई आग्रह पनि गर्नुभयो । साथै उहाँले बिद्यालयले पनि शैक्षिक गतिबिधी सञ्चालनका कुनै न कुनै खालको बिकल्प दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पेशागत शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका शिक्षा प्रमुख तथा प्रतिनिधी र बिद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधीहरुले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक पिताम्बर शर्मा भुसालको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मनिराम पराजुलीको सहजीकरणमा सम्पन्न भएको थियो ।