शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि –८ खैरहनियाँमा नेपाल हिन्दु महासंघको आज नगर स्तरिय भेला हुदैं, आयोजकद्वारा उपस्थितिको लागि अनुरोध

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

नेपाल हिन्दु महासंघ बुद्धभूमिको नगर स्तरिय भेला आज (शनिवार) बस्न लागेको छ । नेपालन हिन्दु महासंघको नगर स्तरिय स्तरिय समिति गठनका लागि बुद्धभूमि नगरपालिकाको वडा नं. ८ खैरहनियामा भेला बस्न लागेको हो । कार्यक्रम आज बिहान १० बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

स्थानिय स्तरबाटै हिन्दु धर्मको रक्षाको लागी जाग्नु पर्ने भन्दै भेलाको आयोजना गर्न लागिएको आयोजक समितिका सदस्य एवं समाजसेवी सुकई प्रसाद यादवले रातो प्रेसलाई बताए । पछिल्लो समयमा नचाँहिदो प्रचारबाट हिन्दु धर्ममाथी प्रहार गर्न खोजीएको र त्यसको रक्षाका लागि सम्पुर्ण हिन्दु धर्मावलम्बी एक हुनु पर्ने भन्दै नगरपालिका भित्रका सबै हिन्दु धर्मावलम्बीहरु लाई जुट्न यादवले आव्हान गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाल हिन्दु महासंघ लुम्बिनी प्रदेशका महा-सचिव निरञ्जन यादव आउने आयोजकले बताएको छ ।