सोमवार, अशोज ८, २०८०

Ratopress

Advertisment

SKIP THIS

भाकल गर्दा मनोकांक्षा पूरा हुने अर्घाखाँचीको गोही पाईने दह (दर्शन स्वरुप शेयर गर्नुहोला)

 

अर्घाखाँची । बराहदह अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.९ मा अवस्थित धार्मिक पर्यटकीय स्थल हो ।  विशेषगरी जोडी जुराउन, सन्तान माग्न भाकल गर्न कै लागी यस स्थानमा भक्तजनहरु बराहदह मन्दिर पुग्ने गर्दछन् ।

 

पृष्ठभूमी :

शितगंगा नगरपालिकाको दक्षिण-पश्चिममा रहेको बराहदहको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

 

हरेक वर्षको माघ महिनाको १ गतेको अवसरमा २ दिनको विशेष मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र भगवानको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

 

माघे सक्रान्ती देखि अर्को दिन सम्म लाग्ने मेला परम्परादेखि चल्दै आएको मेला अलि फरक छ । मागेको पूरा हुने धार्मिक विश्वास रहेको यस बराहदहको गरिमामय दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

 

विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको बराहदह संरक्षण समितिले बताएको छ । बराहदहको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, रोग निको हुने विश्वासमा यहाँ टाढा टाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि बराहदहको दर्शनका लागि यहाँ आउने गर्दछन् । छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।

 

दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दहको वरीपरी चट्टानको पहरोको बिचमामा अवस्थित छ । उक्त दहमा आई स्नान गरी बराह भगवानको मन्दिरमा भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

 

बराहदहको उत्पत्ति :

पौराणिक कथन अनुसार सयौँ वर्ष अघि त्यस दहमा वरीपरी चिबे चराहरू बस्ने गर्थे । त्यस दहमा कुनै पनि पातपतिङ्गर खस्ने बितिकै चुच्चाले टिपेर बाहिर फ्याँक्थे र दहलाई सधै सफा बनाउने गर्थे । त्यस दहमा गई हे भगवान हामीहरू हजुरको दर्शन गर्न आयौं भनी चाँदीको सिक्का दहमा खस्ना साथप २ ओटा सुन रङका गोही निस्कन्थे, त्यसपछि बर माग्दा पुरा हुन्थ्यो । भक्तजनले भगवानको दर्शनको लागि बास बस्न आयौँ हामी भनेपछि दैवि शक्तिले तामाका भाँडाहरु उपलब्ध हुन्थे । यही र यस्ता विश्वासमा प्रत्येक वर्ष माघे सक्रान्तिका दिन विशेष मेला लाग्दै आएको छ । अर्कोतर्फ त्यही शक्तिका कारण उक्त दहमा भगवान रुपी गोही पाइन्छ । त्यसैले सोही स्थानमा बराह भगवानको उत्पती भएको अर्को किंवदन्ती पाइन्छ ।

 

निष्कर्स :

बराहदहको मेला हेर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा लगायतका विभिन्न जिल्लाहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु भगवानसँग सन्तान माग्न आउने गरेका छन् । धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा विभिन्न जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । पछिल्लो समय स्थानिय तह केन्द्रिय तहबाट यस क्षेत्रको  विकास प्रर्बद्धनका लागि थुप्रै प्रयासहरु भई रहेका छ्न् । यस दहको  धार्मिक एवम्  पर्यटकिय रुपमा विकास गर्न थप प्रचार प्रसार नभएकोले मेला बाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको छ । बराहदह जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके अर्घाखाँचीको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने हाम्रो विश्वास छ ।

( गणेश बेलबासे संगमको संकलन)

यो शुभ खबर शेयर गर्नुहोला !