शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

ला–लिगामा रियलको विजयी सुरुवात

जेन्सी-कार्लोस एन्चलोटीले रियल म्याड्रिडको प्रशिक्षकका रुपमा आफ्नो दोस्रो कार्यकाल उत्कृष्ट तवरले सुरु गरेका छन् । रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो ।

खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाउनु भएको थियो । दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पार्नु भयो । ६२ मिनेटमा बेन्जेमाले अर्को गोल गर्दा रियल ३–० ले अघि बढ्यो । अलाभ्सबाट ६५ मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काउनु भयो ।

तर खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दा रियलले ४–१ को शान्दार जित निकाल्यो । यससँगै सुरुवाती खेलबाटै रियलले तीन अंक जोडेको छ ।