शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

बंगलादेशमा हिन्दूहरूको घर र मन्दिरमा तोडफोड

एजेन्सी – पाकिस्तानमा रहेको एक मन्दिरमा उग्रवादीहरूले आक्रमण गरेलगत्तै बंगलादेशमा पनि चार मन्दिरमा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ ।५० भन्दा बढी हिन्दूहरूको घरमा आक्रमण पनि गरिएको छ ।

खुलना जिल्लामा शनिवार भएको यस घटनामा देवीदेवताको मूर्ति भत्काइएको छ ।घटनाका लागि उग्रवादी संगठन हिफाजत–ए–इस्लाम जिम्मेवार रहेको बताइएको छ । उक्त संगठन पाकिस्तानको गुप्तचर निकाय आईएसआईसँग जोडिएको बताइन्छ ।

हिन्दूहरूले एक धार्मिक यात्रा निकाल्न खोज्दा सिआली गाउँको एक मस्जिदका मौलवीले विरोध गरेको अनि कट्टरपन्थीहरूको भीडले मन्दिरहरूमा आक्रमण गरेको बताइन्छ । मन्दिरमा राखिएका १० वटा मूर्तिलाई उनीहरूले तोडफोड गरेका छन् ।प्रहरीले घटनामा संलग्न रहेका १० जनालाई पक्राउ गरेको छ ।