शुक्रबार, अशोज १, २०७८

बुद्धभूमि जेसिजद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

बुद्धभूमि जेसिजले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कपिलवस्तुको बुद्धभूमि न.पा. ९ चौवन्नपुर स्थित बुद्धभूमि क्याम्पस परिसर भित्रको वातावरण हरियो बनाई राख्न खाली स्थानमा वृक्षारोपण बुद्धभूमि जेसिसका अध्यक्ष वेदान्तमणी पोख्रेले बताए ।

वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका वृक्ष तथा फुलका विरुवाहरु रोपिएको छ ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. ९ का अध्यक्ष खुमानन्द न्यौपाने, बुद्धभूमि जेसिसका पूर्व अध्यक्ष बिष्णु भुसाल , वर्तमान अध्यक्ष बेदान्तमणी पोख्रेल,कार्यकारी उपाध्यक्ष सुमन खड्का ,बाबुराम घिमिरे कोषाध्यक्ष प्रजल पौडेल उपाध्यक्ष प्रकाश श्रीपाली महासचिव रुपक खनाल लगाएतको उपस्थिती रहेको थियो । जेसिजको आयोजनामा विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।