शुक्रबार, अशोज १, २०७८

बुद्धभूमि क्याम्पसमा रगत दान कार्यक्रम सम्पन्न

गणेश बेल्बासे संगम, कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरमा रगत दान कार्यक्रम सम्पन्न भएको छ ।
सूर्योदय युवा क्लब र रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको संयुक्त आयोजना बुद्धभूमि नगरपालिकाको लागत सहयोग रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा आज शनिबार रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो । बुद्धभूमि -९ चौवन्न स्थित बुद्धभूमि क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगत खोजी रहेका बिरामीहरुलाई केही हद सम्म सहयोग पुगोस् भन्ने उद्देश्यले रगत दान कार्यक्रम आयोजना गरेको रोट्रयाक्ट अफ बुद्धभूमिका अध्यक्ष एवं सुर्योदय युवा क्लबका सचिव शिव खानलले जानकारी दिए । रगत नपाएर कुनैपनि बिरामीले अकालमै ज्यान गुमान नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम संचालन गरेको पनि उनले बताए । साेही अवसरमाा खनालले सहयाेग गर्ने सम्पुर्ण संघ संस्था तथा व्यक्तिहरूलाइ धन्यवाद समेत व्यक्त गरेका छन ।
साेही कार्यक्रममा करिब ६३ जना भन्दा बढीले रगत दान कार्यक्रममा सहभागी भएको सुर्योदय युवा क्लबका अध्यक्ष बाबुराम गिरीले जानकारी दिए।
नेपालमा बिरामीहरु धेरैको संख्यामा रगतकै कमीले गर्दा ज्यान गुमाउन परेको र यसलाई कम गराउन समयसमयमा यस्ता रक्तदान कार्यक्रमले विशेष सहयोग पुग्ने गरेकाे छ । सूर्योदय युवा क्लब र रोट्रयाक्ट क्लब अफ बुद्धभूमिले समय समयमा यस किसिमका सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।
कार्यक्रममा नगरप्रमुख केशव श्रेष्ठ, वडा अध्यक्ष खुमानन्द न्यौपाने, विभिन्न दलका नेता तथा समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।